तरकारी बजारमा सवारी साधनलाई जोरबिजोर प्रणाली लागु
१२ जेठ,काठमाडौँ – निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।
तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला हुँदै आएको छ । सिमित समयका लागि खुला गरिएको बजारमा धेरै भिड बढेपछि समितिले जोर दिनमा जोर नम्बरका तथा बिजोर दिनमा बिजोर नम्बरका सवारी साधनलाई मात्र बजारमा प्रवेश गर्न अनुमति दिने गरेको तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनु भएको हो । ‘‘निषेधाज्ञाको समयमा तरकारी बजारमा धेरै भिडभाड बढेपछि हामीले किसान तथा खुद्रा बजार बन्द गरेका थियौँ । दुई वटा बजार बन्द गरेपनि थोक बजारमा भिड कम नभएपछि जोरबिजोर प्रणाली लागू गरेका हौं’’, उहाँले भन्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE