Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अन्तर्राष्ट्रियस्तरमा भाउ बढ्दा ठेकदारले मल ल्याउन सकेनन् : कृषिमन्त्री

१५ असार, काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकदारले मल ल्याउन नसकेको बताएका छन् । बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताए ।

उनले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण सरकारले ठेक्का लगाउँदा पनि ठेकेदारहरू नआउने समस्या भएको बताए । उनले ठेकेदारले समयमा कहिल्यै मल ल्याउन नसकेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने रु भन्नेमा छलफल भइरहेको बताए ।

मन्त्री यादवले पुरानो ऐन, कानूनले चाँडै मल उपलब्ध हुने स्थिति नरहेको पनि बताए । उनले मलको मूल्य पनि स्वचालित मूल्यमा निर्धारण हुनुपर्ने बताए ।

उनले धानको उत्पादन बढाउनका लागि यान्त्रिकरण, बजारीकरण, भण्डारण र किसानको लागत मूल्यको निर्धारण गर्नु आवश्यक रहेको बताए । मन्त्री यादवले प्रत्येक पालिकाहरुमा एक जना बिएस्सी एजी अध्ययन गरेकालाई राख्नसके किसानको खेती प्रणालीलाई परिवर्तन गर्न सकिने भएकाले स्थानीय तहहरुले त्यसो गर्नुपर्ने बताए । उनले हरेक पालिकाहरुले सामुहिक खेती प्रणाली र नमूना खेती सञ्चालन गर्नुपर्ने पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE