कोरोनाको कारण डीएसपी खरेलको मृत्यु
१० जेठ, काठमाडौँ – कोरोना भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्यु भएको छ ।
प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार मृत्यु भएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किनु भएका उहाँ पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत रहनुभएको थियो ।
यसअघि प्रहरी अस्पतालमै काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको उपचारका क्रममा मृत्यु भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE