Date
बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ओलीले आफ्ना धुपौरे र आसोपासेलाई नियुक्त गर्ने काम मात्र गरे : झलनाथ खनाल

४ चैत
काठमाडौँ –
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आसेपासेलाई नियुक्ति गर्ने काम गरेको आरोप लगाएका छन् । काठमाडौँमा खनाल‍(नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले ओलीकै कारण पार्टी विभाजन हुने अवस्थामा पुगेको बताएका हुन् ।

‘सामूहिक घोषणा पत्रलाई ओली सरकारले कुनै पनि पूरा गर्न सकेन । नेता र केन्द्रीय कमिटीसँग छलफल, विचार विमर्श गर्नु भएन,’ उनले भने, ‘भ्रष्टाचार व्यापक रुपमा बढेर गयो । स्वयं प्रधानमन्त्रीले त्यस्तालाई संरक्षण गर्ने कुरा अगाडि सार्न थाल्नु भयो । त्यसैले देशमा अन्यौंल बढ्दै गयो । ओलीले आफ्ना धुपौरे र आसोपासेलाई विभिन्‍न निकायमा नियुक्त गर्ने काम गर्नुभयो । पार्टीमा कुनै सल्लाह गर्नु भएन ।’

ओलीकै अहंकारका कारण समाजवादको दिशामा देशलाई अघि बढाउने काममा धक्का लागेको खनालको आरोप छ । समाजवादको दिशामा अगाडि बढाउने सम्भावना पैदा भएको थियो । तर, त्यो सम्भावनालाई ओली नेतृत्वको सरकारले मनपरितन्त्र र अहंकारले ग्रस्त भएर आफ्नै खालका काम गर्न थाल्नुभो, उनले भने, आफ्ना गुटका मान्छेलाई मात्रै राखेर क्याविनेट बनाइयो । प्लानिङ कमिसन पनि त्यसरी नै बन्यो । तीन वर्षका नीति र कार्यक्रममा कुनै सरसल्लाह रहन सकेन ।

उनले पछिल्लो अवधिमा ओलीले अरुको कुरा सुन्न छोडेको पनि बताए । ‘पछिल्लो अवधिमा त उहाँले पार्टीका कुरा नसुन्ने मात्रै होइन बैठक नै राख्न छोड्नु भयो,’ उनले भने, ‘दुई तीन महिनामा एकीकरण सक्ने भनेका थियौं । तर, तीन वर्षसम्म पनि पूरा हुन सकेन । पार्टीलाई बचाउन पनि सकिएन ।’

ओलीको दमन सहेर मात्र बसेको भन्दै उनले भने, ‘हामीले संसद्मा पनि विरोध गरेनौं ।

WRITE COMMENTS FOR THIS ARTICLE