Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नारायहिटीमा सिसा फुटाएर श्रीपेच चोर्न खोज्नेलाइ सेनाले लियो नियन्त्रणमा

८ आश्विन,काठमाडौं – नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका एकजनालाई नेपाली सेनाले पक्राउ गरेको छ । शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए ।

तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो । सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको बताइएको छ । उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE