कोभिड १९ का लागि ‘कोरोनाभर’ औषधिलाई रुसी सरकारद्वारा स्वीकृति
४ असोज
काठमाडौं – रुसले कोभिड १९ बाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ ।
रुसले यसअघि ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो । जापानमा निर्माण भएको यो औषधी भाइरल उपचारका लागि अधिक प्रयोग हुने गरेको छ ।
रुसले आफूले निर्माण गर्न लागेको ‘स्पट्निक–भी’ खोप निर्यातका लागि पनि विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरु गरिसकेको छ । आर–फर्मा कोभिड–१९ का जम्मा १ सय ६८ बिरामीलाई सहभागी गराइ तेस्रो चरणको ट्रायल गरेसंगै रुसले आधिकारिक स्वीकृति दिएको हो ।
यो ट्रायल तुलनात्मक रुपमा धेरै सानो मानिएको छ । तरपनि आर–फर्माले यसको आपूर्तिका लागि देशभरका फार्मेसीहरुसँग छलफल थालिसकेको बताइएको छ । एजेन्सीको सहयोगमा
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE