Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : मन्त्री झाँक्री

२ चैत्र, पोखरा – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् ।

एकीकृत समाजवादीकी सचिव उनले निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएकी हुन् ।नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाँक्रीले मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी हुन् ।

उनले भनिन्, ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा आएका छौं । गठबन्धन दुइटै पक्षलाई आवश्यक छ । त्यसकारण हामी गठबन्धन गर्छौं ।’

गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्ता खालका अभिव्यक्तिले समाजमा राम्रो सन्देश नजाने बताइन् । उनले आगामी दिनमा पनि मिलेर सरकार बनाउनु पर्नेमा जोड दिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE