Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

भक्तपुरमा आगलागीबाट तीन जना घाइते

काठमाडौँ – मध्यपुर थिमी नगरपालिका–७ धुञ्चेपाखामा आइतबार बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् ।  घाइतेको काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE