काठमाडौं उपत्यकामा शुक्रबार १ सय १९ संक्रमित थपिए
३०, श्रावन
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय १९ संक्रमित फेला परेका छन् । यस अघि बुधबार १ सय ३८ जनामा र गत मंगलबार १ सय ३४ जनामा संक्रमणको पुष्टि भएको थियो । यस्तै बिहीबार १ सय २७ संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय १९ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमााडौंमा मात्र ८३ संक्रमित थपिएका छन् भने ललितपुर ३० संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ६ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ७ सय २ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE