Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

किन हुन्छ मधुमेह

एजेन्सी – मानव शरीरमा हुने रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई मधुमेह अर्थात डायबिटिज भनिन्छ । जसलाई नेपालीमा चिनीरोग पनि भन्ने गरिन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि लगातार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिने गर्दछन् । यदि मधुमेहको समयमा उपचार भएन भने यसले धेरै जटिल रोगहरु निम्त्याउन सक्छ ।

मधुमेह हुनुका कारण के हो ?
प्याक्रिन्याजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिन प्रति शरीरका कोषहरूले राम्रोसंग प्रतिक्रिया जनाउन नसकेमा मधुमेह उत्पन्न हुने गर्दछ । यदि मधुमेह लामो अवधिसम्म रहेमा मुटु तथा रक्तनलीमा समस्या हुने, मिर्गौलामा खराबी हुने, अल्सर तथा आखामा समेत खराबी आउने गर्दछ ।

मधुमेहका लक्षणहरु के के हुन् ?
– साधारणतया तौल घट्ने
– धेरै पटक पिसाब लाग्ने
– धेरै तिर्खा लाग्ने
– धेरै भोक लाग्ने
– आँखा धमिलो देख्ने
– टाउको दुख्ने
– थकाइ लाग्ने
– काटेका घाऊहरू ढिलो निको हुने
– छाला चिलाउने

मधुमेहबाट बच्ने उपायहरु के के हुन् ?
मधुमेहबाट बच्न स्वास्थ्यकर खाना खाने, नियमित शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य अनावश्यक बढ्न नदिने, सुर्तीजन्य पदार्थहरू नखाने गर्नुपर्दछ । मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवश्यक हुन्छ । खानामा विशेष ध्यान पुर्याउने तथा कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने, बढि चिल्लो युक्त पदार्थको सेवन नगर्नाले पनि मधुमेहबाट बच्न सकिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE