सरकारलाई संसदीय समितिको निर्देशन : ट्याक्सी चलाउने व्यवस्था गरियोस
काठमाडौँ—प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) ले तयार गरेको मापदण्डबमोजिम ट्याक्सी व्यवसाय सञ्चालनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

स्वास्थ्य सचेतता अपनाएर सरकारले लकडाउनमा पनि केही पेसा, व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहज बनाउन ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन समितिले निर्देशनमा भनेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE