तोलामा छ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
तोलामा छ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
२८ जेठ, काठमाडौं– सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको बढेर आज शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको भाउ ९४ हजार रुपैयाँ कायम गरिएको छ । बिहीबार तेजावी सुन तोलमा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँमा कारोवार भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE