Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

पुनर्निर्माणको काम सन्तोषजनक रहेको प्रतिनिधिसभाको विकास समितिको निष्कर्ष

काठमाडौँ-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गरेको छ । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले सोमबार ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी दिन अवलोकन गरेको हो ।
अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समितिका सदस्यहरुले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । समितिकी सभापति खड्काले विभिन्न समस्याको बाबजुद सन्तोषजनक ढंगले पुनर्निर्माण जारी रहेकोमा भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले पुनर्निर्माणमा रहेका समस्या समाधानका लागि समिति सधै सहजिकरण गर्ने गर्ने बताउनुभयो ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्यहरु अघि बढाएको बताउनुभयो । उहाँले संसदका समितिबाट प्राप्त सुझाव तथा निर्देशनहरुले पुनर्निर्माणको काममा थप सहयोग पुगेको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE