Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

ओली-दाहाल बिच भेटवार्ता : मन्त्रिपरिषद् पुनर्गठनबारे थप छलफल

५ असोज
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार बसेको सचिवालय बैठकले ओली नेतृत्वको सरकारको मन्त्रीपरिषद् पुनर्गठन गर्ने निर्णय भएपछि ओली दाहाल थप गृहकार्यमा जुटेको छ ।

आजको लागि डाकिएको सचिवालय बैठक आन्तरिक परामर्श नपुगेको भन्दै भोलिसम्मको लागि स्थगित गरेको थियो। अध्यक्षद्वयबीच भोलिको सचिवालय बैठकको बिषयमा छलफल भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी थिए।  आइतबार बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम र विविध गरेर चार एजेण्डामा छलफल भएको थियो।

मन्त्रिपरिषद् हेरफेरको बिषयमा प्रमुख एजेण्डा बनेको छ। भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले पनि सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने निर्णय गरेको थियो। त्यही निर्णयलाई सचिवालय बैठकले कार्यान्वयन गराउन लागेको हो ।

आइतबारको सचिवालय बैठकमा सबै मन्त्रीहरु फेर्ने पहिलो, सुरुमा मन्त्री भएका सबैलाई हटाउने दोस्रो र केहीलाई हटाएर केहीलाई ल्याउने विकल्पमा छलफल भएको थियो। स्रोतका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सबै मन्त्रीहरु हेरफेर नगर्ने सहमति भएको बुझिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE