Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पूर्वप्रधानमन्त्री भट्टराईको वीर अस्पतालमा अपरेसन सम्पन्न

१७ बैशाख, काठमाडौँ  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पेटको अपरेसन गरिएको छ । वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको अपरेसन गरिएको हो ।

“पेटको न्यूरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना, बा !,” भट्टराईकी एक मात्र सन्तान मानुसी यमी भट्टराईले ट्विटरमा लेखेकी छन्, “शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद शुभकामना ।”

केही समयअघि यही न्युरो–इन्डोक्राइन ट्युमरको परीक्षणका लागि भट्टराई भारत गएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE