Date
आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

लुम्बिनी प्रदेशले ल्यायो अध्यादेशबाट बजेट

लुम्बिनी प्रदेशले ल्यायो अध्यादेशबाट बजेट

३१ असार, काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८÷७९ को बजेट अध्यादेशबाट ल्याएको छ ।

लुम्बिनी प्रदेशले प्रदेश प्रमुखसमक्ष लगेको अध्यादेश स्वीकृत भएसँगै लुम्बिनी प्रदेशको बजेट स्वीकृत गरेको हो ।

लुम्बिनी प्रदेश सभाबाट बजेट पारित नहुने हिजो राती प्रदेशसभा बैठक अन्त्य गरिएको थियो ।

बैठक अन्त्य भएपछि शुक्रबार बिहानै मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रीपरिषद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश–२०७८’ पेश गरेका थिए।

उक्त बैठकले पेश गरेको सिफारिसका आधारमा प्रदेशप्रमुख धर्मनाथ यादवले अध्यादेश जारी गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

यद्यपि बजेट पारित गर्न सरकारसँग बहुमत नपुगेपछि बिहीबार सत्ता पक्षले नै प्रदेश सभा बैठक बहिस्कार गरेको थियो ।

यसअघि कर्णाली प्रदेश सरकारले पनि अध्यादेशमार्फत बजेट ल्याएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE