Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

ज्वाला संग्रौला सहित तीन जनालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति

ज्वाला संग्रौला सहित तीन जनालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति

७ असार, काठमाडौं– अभद्र व्यवहार सम्बन्धी कसूरमा प्रहरीले पक्राउ गरेकी ज्वाला संग्रौलालाई हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

उक्त कसूरमा हिरासतमा लिई अनुसन्धान गर्नका लागि प्रशासनले ३ दिनको अनुमति दिएको हो ।

प्रशासनले संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ ।

आफूलाई अभियन्ता बताउने संग्रौला युवा संघकी नेतृ खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला पक्राउ परेकी थिइन् । घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको जाहेरीमा जनाइएको छ ।

महाराजगञ्ज प्रहरी वृत्तका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि संग्रौलाका पुराना घटना पनि सतहमा आएपछि प्रहरीले उनको खोजी गरि अनुसन्धान थालेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE