Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पूर्वयुवराज पारस शाहको घरमा चोरी

१८ आश्विन, पोखरा –पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले  बताउनुभयोे । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ। गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ । चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताउनुभयो । आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ।

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE