‘संसद्मा देखिएमा समस्या वार्ताबाट समाधान गरौँ’ : गृहमन्त्री खाण

२७ भदौ, काठमाडौँ – सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०लाई वार्तामा आउन आह्वान गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसद्मा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत् आग्रह गर्नुभएको छ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक आइतबार तेस्रो दिन पनि बैठक अवरुद्ध पार्यो उहाँले संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले आईतबार संसद् भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदमा देखिएका समस्या समाधानका लागि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार (भोली) दिउँसो प्रमुख दलका शीर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाएको जानकारी दिनुभयो । गृहमन्त्री खाणले आइतबार बस्ने बैठकले संसद्मा देखिएका सबै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE