Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई हरायो : यूभेन्ट्स हाइफासँग पराजित

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले १० खेलाडीमा समेटिएको मिलानलाई २–० गोलले हरायो । समूह ‘ई’मा ४ खेलमा ७ अंक जोडेको चेल्सी शीर्षस्थानमा छ ।

अर्को खेलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । समूह ‘एच’ मा रहेको युभेन्ट्सलाई मक्काबी हाइफाले २–० गोलले हराएको हो । हाइफाको जितमा ओमेर अट्जिलीले दुई गोल गरे । अंकतालिकामा

पुछारमा रहेको हाइफाको यो पहिलो जित हो । हाइफाले ४ खेलमा ३ अंक जोडेको छ । युभेन्ट्सको ४ खेलमा ३ अंक नै भएपनि तेस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE