Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

भ्रमपूर्ण समाचार प्रकाशनप्रति दोरम्बा शैलुङ गाउँपालिकाको ध्यानकर्षण

रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले एक अनलाइनमा प्रकाशित समाचारप्रति खण्डण गरेका छन् । मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै प्रकाशित समाचारप्रती ध्यानाकर्षण भएको उल्लेख  गरिएको छ । बिज्ञप्तीमा भनिएको छ, अत्यन्तै भ्रमपूर्ण, कपोकल्पित, राजनीतिक प्रतिशोध गर्ने तवरले समाचार प्रकाशित गरिएको ब्यहोरा दोरम्बा शैलुङ बासीमा जानकारीका लागि यो बिज्ञप्ती जारी गरिएका छौं ।

बिज्ञप्तीमा स्वास्थ्य प्रमुख नरेश महोतोलाई वरिष्ठताको आधारमा  गाउँपालिकाको कार्यपालिकाको निर्णय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा निमित्त  प्रशासकीय अधिकृतमा नियुक्त गरिएको उल्लेख छ ।

यस्तै औषधी खरिद सम्बन्धमा २०७९/०३/०६ गते प्रभाव दैनिकमा सुचना प्रकाशन गरि खरिद ऐन २०६३ र खरिद नियमावली २०६४ को कानुनी प्रावधान अनुसार खरिद प्रक्रिया सम्पन्न भएको उल्लेख गरिएको छ ।

गाउँपालिकाले यस प्रक्रियामा छानबिनका लागि गांउँपालिका सदैव साथ रहने उल्लेख गरिएको छ ।

केही दिन अघि एक अनलाईनले औषधि खरिदमा अनियमिता गरेको भन्दै समाचार प्रकाशित गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE