Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

एमालेको अवरोध पछि सभामुखले गरे एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल

२३ भदौ,काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको बैठक स्थगित गरेर प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

सभामुखको आचरणप्रति असन्तुष्टि जनाउँदै एमालेले सदनमा विरोध जनाएपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

उनीहरुबीच प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियमको बारेमा पनि छलफल भएको थियो। एमालेका सांसदहरुले नाराबाजी गर्ने क्रममा सभामुखको आलोचना गर्दा असंसदीय भाषा बोलेपछि उक्त नियम आकर्षित भएको सभामुख सापकोटाले बैठकमै सचेत गराएका थिए ।

यस्तै सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुख सचेतक र सचेतकहरुसँग पनि सभामुखले छुट्टै छलफल गरिरहेका छन् ।

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE