Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

पछिल्लो २४ घन्टामा २,४७४ जना कोरोना संक्रमण, २४ मृत्यु

१० असार, काठमाडौँ – १२ हजार २ सय ३२ नमूना परीक्षणमा २ हजार ४ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ७ हजार २ सय ३५ पीसीआर र ४ हजार ९ सय ९७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा २ हजार ५ सय १८ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE