Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

पर्सामा एक साता निषेधाज्ञा थपियो

६ असार, काठमाडौँ – पर्सामा एक साताको लागि निषेधाज्ञा लम्ब्याइएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट परिमार्जनसहित असार १३ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

निषेधाज्ञाको क्रममा मापदण्डको पालना गरी बिहान १० बजेदेखि अपरान्ह ५ सम्म पसल खोल्न पाइने छ । यस्तै अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ मिटरको दुरी कायम गर्नुपर्ने निर्णय समेत सो समितिले गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE