Date
बुध, अशोज ६, २०७८
Wed, September 22, 2021

बाटो काट्ने क्रममा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु

१९ फागुन
काठमाडौं
– ललितपुरमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ। कोटेश्वर क्याम्पसमा अध्ययनरत छात्रालाई ललितपुरको नख्खुदोबाटोमा जिपले ठक्कर दिएको हो ।

प्रहरीका अनुसार विहान सवा ५ बजे सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको हो ।

क्याम्पस जान बाटो काट्दै गरेकी उनलाई जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिएपछि ग्वार्कोस्थित बिएण्डबी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE