Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

अवरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

 ५ आश्विन, काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ पेश भएको छ। राष्ट्रिय सभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको विरोधका बिच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष पेश गर्नुएभएको हो ।

राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउनका लागि सभामुखको भुमिका हुनु गलत भएको बताउनुभयो ।

उहाँले नेकपा (एमाले) ले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रिय सभा बैठकको अवरोध जारी राख्ने बताउनुभयो । राष्ट्रिय सभा बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE