सुन किन्नेलाई सुनौलो मौका, बिहीबार पनि ६ सय रुपैयाँले घट्यो
६ फाल्गुन
काठमाडौं-नेपाली बजारमा बिहीबार सुनको भाउ पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनाको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।
बुधबार पनि छापावाला सुन तोलाको ११ सय रुपैयाँले घटेर ८९ हाजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बिहीबार पुनः ६ सय रुपैयाँले घटेको हो । बिहीबार नेपाली बजारमा छापावाला सुन तोलाको ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन बिहीबार प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE