Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सुन किन्नेलाई सुनौलो मौका, बिहीबार पनि ६ सय रुपैयाँले घट्यो

६ फाल्गुन
काठमाडौं-
नेपाली बजारमा बिहीबार सुनको भाउ पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनाको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।

बुधबार पनि छापावाला सुन तोलाको ११ सय रुपैयाँले घटेर ८९ हाजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बिहीबार पुनः ६ सय रुपैयाँले घटेको हो ।  बिहीबार नेपाली बजारमा छापावाला सुन तोलाको ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुन बिहीबार प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE