प्रधानमन्त्रीले मन्त्रीहरूसँग भन्नुभयो, ‘मुलुकमा गम्भीर संकट आउन सक्छ, तयार रहनूस्’
२० कात्तिक
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मुलुकमा गम्भीर संकट आउन सक्ने भन्दै यसको सामना गर्न तयार रहन निर्देशन दिनुभएको छ । बिहीबार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताउनु्भएको हो ।
पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे समेत उनले बैठकमा जानकारी गराएको एक मन्त्रीले जानकाी दिनुभयो । उहाँका अनुसार, ‘उहाँले मुलुक र पार्टीमा राजनीतिक संकट देखा परेको बताउनुभयो । यो संकट अझै बढ्न सक्ने प्रधानमन्त्रीज्यूको भनाइ थियो । सबै प्रकारको संकटको सामना गर्न हामी तत्पर हुनुपर्छ भन्ने उहाँको आशय थियो ।’
साथै ती मन्त्रीले बैठकमा प्रधानमन्त्री निकै चिन्तित देखिएको पनि बताउनुभयो । तर उहाँले पार्टीमा देखिएको संकटबारे भने नखुलाएको उहाँको भनाई छ । अहिले नेकपाभित्र विवाद चर्किरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीसँग छलफल गर्न बालुवाटारमा हुनुहुन्छ ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष दाहालले कानुन व्यवसायीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमबारे छलफल भएको बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE