निर्मलाको लागि न्याय माग्दै सिन्धुलीका युवा
- मुकेश घिमिरे
निर्मला बलात्कार तथा हत्या प्रकरणको झण्डै पाँच महिना वित्न लाग्दा पनि अपराधी नसमातिनुले यो घटनालाई झनै रहस्यमय बनाउदै लगेको छ । कञ्चनपुरका मात्र हैन काठमाडौं लगायत देशभरका जनताल यस घटनाको यथार्थ लुकाइएको आरोप प्रहरी प्रशासन र सरकार लाई लगाएका छन्। दिन दुई गुण रात चौ गुणको जस्तो यसले देश तथा विदेशमा चासो र चिन्ता जन्माएको छ । त्यसैको असर अब देशका अन्य जिल्लामा देखिन थालेका छन्। विद्यार्थी,वयस्क र वृद्धहरु स्वयं स्वतस्फूर्त निर्मलाको निम्ति न्याय अभियानमा सहभागी भएका छन्। सिन्धुली जिल्लाका युवाहरुले सोमबार सदरमुकाममा यो अभियानलाई औपचारिक सुरुवात गरेका छन् । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा रहेको लोकतान्त्रिक चौतारा,शान्तिनगर चोकको यात्रु प्रतिक्षालय,बजारमा चल्ने अधिकांश अट्टो र भित्ता तथा पोलहरुमा निर्मलाको तस्बिर भएको सरकार भेटियो(न्याय भेटिएनू भन्ने पम्पलेट टाँसेका छन् । निर्मला स्वयं बिद्यार्थी भएको कारणले पनि र आफुहरु पनि विद्यार्थी भएकाले चेतनशील भएका कारण यो अभियान सुचारु गरेको सहभागी युवाहरुले बताएका छन् । निर्मला पन्तको बलात्कार र हत्या नेपाली समाजको लागि डरलाग्दो रुपमा स्थापित भएको र यसले समाजलाई नै अराजकता र अस्थिरता तर्फ उन्मुख गराएको उनिहरुले बताए ।
देशमा निर्मलाको न्यायको लागि यति विशाल आवाज गुञ्जिदा पनि सरकार उदासिन हुनु विडम्बना हो । अब यो प्रकरणमा सरकारले अपराधी पत्ता लगाएर अपराधीलाई कारवाही गरेर निर्मलालाई न्याय नदिए हामी सिन्धुली जिल्लाको हरेक स्थानिय तहमा आवाज लिएर पुग्ने र सबैलाई यो अभियानमा सरिक बनाउने सिन्धुलीका युवाहरुले बताए । पम्पलेट बनाउन आर्थिक सहयोग गरिदिएकोमा सदरमुकाम निवासी स्थानीय युवा रमेश महत्तरा लाई सहभागी सबैले धन्यवाद समेत दिएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE