Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

सडक किनारामा पार्किङ गरिराखेको ट्रक हरायो

१८ कात्तिक 
काठमाडौँ – ललितपुरको खरिबोट चोकमा पार्किङ गरिराखेको मिनि ट्रक चोरी भएको छ । युनाइटेट फाइनान्स लिमिटेड र टेकराम भण्डारी र लक्ष्मण श्रेष्ठको नाममा दर्ता रहेको ट्रक ललितपुर ८ खरिबोट चोकबाट हराएको हो ।

रातिको समयमा सडक किनारामा पार्किङ गरिररहेको निलाे रङ्गको बा३ख ९१९४ नम्बरको मिनी ट्रक हराएको र खोजी कार्यका लागि सहयोग गर्न सवारी धनीले आग्रह गर्नुभएको छ । खरिबोट चोकमा चाबी लगाएको र लक गरेर राखेको अबस्थामा मिनि टिपर राती करिब १२:०० बजे भित्र चोरी भएको हो । उक्त मिनिटिपर बालकुमारी घर भएका राम लक्ष्मणको नाम मा रहेको छ।

चोरी भएको मिनिटिपरको अहिले प्रहरीले खोजतलास अगाडि बढाएको प्रहरी स्रोतले जनाएको छ । देशको सबैभन्दा सुरक्षित मानिएको राजधानी नै असुरक्षित हुँदै जाँदा राजधानी काठमाडौं मै सवारी चोरीको घट्ना बढ्दो छ।

राजधानीमा सवारी साधन चोरीको घटना बढ्दै जाँदा प्रहरी लाई समेत  चुनौतीको बढेको छ । तर चोरी भएको सवारी र चोरी गर्ने ब्यक्तिलाई  प्रहरीले  लगभग शतप्रतिशत पक्राउ गर्न सफल हुँदै आएको छ । तर पनि सवारी चोरिको घटनामा भने कमि आएको छैन् ।

WRITE COMMENTS FOR THIS ARTICLE