Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

केपी ओलीभन्दा कांग्रेस सयौं गुणा वामपन्थी : अध्यक्ष प्रचण्ड

१० असार, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको नेतृत्वमा रहेको अहिलेको विपक्षी गठबन्धन सिद्धान्तहीन नभएको दाबी गर्नुभएको छ । प्रचण्डले लोकतन्त्र र संविधान बचाउनको लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनाइएको दाबी गनुृभएको हो  ।

बिहीवार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको कुराकानीकामा प्रचण्डले प्रधानमन्त्री केपी शर्माभन्दा कांग्रेस सयौं गुणा वामपन्थी रहेको दाबी गर्नुभयो ।

‘केपी ओलीले फोन गरेर वामपन्थी सरकार ढालेर कांग्रेसको सरकार बनाउन लाग्नुभयो भन्नुभयो,’ ओलीलाई दिएको जवाफबारे प्रचण्डले भन्नुभयो, ‘कांग्रेस त तपाईंभन्दा सयौं गुणा लोकतान्त्रिक, गणतन्त्रवादी र वामपन्थी हो ।’

ओलीलाई दिएको जवाफबारे प्रचण्डले भन्नुभयो, ‘कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने भनेको छ, तपाईं सिध्याउन लाग्नुभएको छ । लोकतन्त्र बचाऊ भन्ने कांग्रेस दक्षिणपन्थी र संविधान मास्ने तपाईं वामपन्थी कहाँ हुनुभयो ?’

प्रचण्डले सबै नेता उस्तै हुन् भनेर मूल्यांकन गर्दा आफूहरूलाई अन्याय हुने बताउनुभयो । ‘लोकतन्त्रका लागि आन्दोलन गर्ने र आन्दोलनको विरोध गर्ने उस्तै हुन् त ? नैतिकताको प्रश्न उठेपछि राजीनामा गर्ने र सत्ताका लागि जे पनि गर्न उद्यत हुने उस्तै हुन् त ?’ प्रचण्डले प्रश्न गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE