दक्षिण कोरियामा उच्च चिसो, राजधानी सियोलमा रहेको हान नदी जम्यो
२९ पुष
एजेन्सी – दक्षिण कोरियामा चिसोले नयाँ रेकर्ड बनाएको छ । कोरियाको मौसम प्रशासन (केएमए) को अनुसार त्यहाँको न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको छ ।
अत्याधिक चिसो बढेसंगै राजधानी सियोलको बीच भाग भएर बग्ने हान नदी नै जमेको छ । पछिल्लो ३० वर्षको आँकडालाई अध्ययन गर्दा उक्त नदी यसपटक चार दिन पहिले नै जमेको हो ।
सन् १९०६ देखि हान नदी जम्दै आइरहेको छ । बुसान शहरमा पनि यसपटक सबैभन्दा बढी चिसो महसुस गरिएको छ । मौसम एजेन्सीका अनुसार दक्षिण कोरियामा पछिल्ला दिनमा गम्भीर चिसो लहरले ग्रस्त भएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE