भोलि महिला नै प्राइमिनिस्टर बन्न सक्नुहुन्छ : सभापति देउवा
६ असाेज
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको निर्वाचनमा महिला मतदाताको संख्या बढाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
मंगलादेवी स्मृति प्रतिष्ठानले लौह पुरुष गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा महिला समानताको हक संवैधानिक तथा कानूनी व्यवस्था र समावेशिताको वर्तमान अवस्था’ विषयक भर्चुअल कार्यक्रममा यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले महिला मतदाताको संख्या बढाउन सके भोलिको दिनमा महिला नै प्रधानमन्त्री हुने दिन आउने भन्दै ‘गाउँका सबै महिला मतदाता हुनुपर्ने र महिलासंघले महिलाहरुलाई आफ्नो मतदाता बनाउन सक्नुपर्ने बताउनुभएको हो ।
‘भोलि महिला नै प्राइमिनिस्टर बन्न सक्नुहुन्छ,’ उहाँले भन्नुभयो महिलाहरुले महिला मतदाता ल्याऊँ, दलितले दलित ल्याऊँ, थारूले थारु, मुस्लिमले मुस्लिम मतदाता बढाउनुहोला। भोट ल्याउने काम गर्नुभयो भने पार्टीले चुनाव जित्छ। नत्र पार्टी हारिहाल्छ नि। भोट जित्यो भने भोलि राष्ट्रपति, प्रधानमन्त्री, पार्टीकै सभापति महिला बन्नुहुन्छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE