Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

१९ साउन, काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित पोखरेलविरुद्ध आज मङ्गलवार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री पोखरेलले संसदको बहुमत गुमाएको प्रस्तावमा उल्लेख छ । विपक्षी गठबन्धनले माओवादीका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् ।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको यो तेस्रो पटक हो । यसअघि गएको वैशाख ६ र २६ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE