Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२२ असार, काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुढानिलकण्ठ नगरपालिका–७ बस्ने ५९ वर्षीय प्रतिवादी लाक्पा लामालाई मंगलबार पक्राउ गरेको हो ।

उनी बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएको र उक्त सजाय वेरुजु रही फरार रहेका थिए ।

उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो ।

प्रतिवादी लामाले पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी जनता बैंकमा लामाले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १५ लाख रुपैंया बराबरको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE