Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रतिकूल मौसम कारणा मन्त्री अधिकारीसहितको शव काठमाडौँ ल्याउन समस्या

काठमाडौँ – ताप्लेजुङमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पर्यटन तथा उडड्यन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौँ ल्याउन मौसम प्रतिकुल हुँदा समस्या उत्पन्न भएको छ । मौसम प्रतिकुलका कारण दुर्घटनास्थलबाट बुधबार सबै शव उठाउन सकिएको थिएन । बुधबार दुर्घटनास्थलबाट ४ जनाको शव ताप्लेजुङ सदरमुकाम फुङलिङको सुकेटार विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर ल्याइएको थियो ।

अन्य तीनको शव ल्याउन नेपाली सेनाको २ वटा हेलिकप्टर दुर्घटना स्थल तारेभिरको सिस्नेखोलातर्फ उडेको ताप्लेजुङ प्रहरीले जनाएको छ । अहिले दुर्घटनास्थलमा मौसम केही अनुकुल भए तापनि पश्चिमी वायुको गति पूर्वतिर गइरहेकाले मौसम शुक्रबारसम्म अनुकुल हुने सम्भावना कम रहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभएको छ ।

दुर्घटनास्थलबाट सबै शव सुकेटार विमानस्थलसम्म ल्याइसकेकाले अब पनि ७ वटै शव काठमाडौँ ल्याउने तयारी छ । नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भए पनि खराब मौसमले गर्दा केही ढिलाइ भइरहेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE