सर्वोच्चले नेकपा विवादको फैसला आइतबार सुनाउने
२१ फागुन
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को नाम विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ । सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नु भएको थियो । सोही मुद्दामाथि सर्वोच्चले फैसला सुनाउन लागेको हो ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को पक्षमा निर्णय गरेका हुन। आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।
यसअघि सर्वोच्च अदालतले २० फागुनमा निर्णय सुनाउने बताएको भएपनि उक्त दिन पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बन्द गरिएपछि फैसला २३ फागुनलाई सारेको हो।
यस्तै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपामा पनि नाम विवाद छ। दुई समूहमा विभाजित भएको नेकपाको एक समूहको अध्यक्ष प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समूहको पुष्पकमल दाहाल ुप्रचण्डु(माधवकुमार नेपालले गरेका छन्। दुवै समूह आफूलाई आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE