जर्मनीले हटायो नेपालसहितका पाँच मुलुकबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध
जर्मनीले हटायो नेपालसहितका पाँच मुलुकबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध
एजेन्सी– जर्मनीले नेपालसहित कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट प्रभावित पाँच मुलुकबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
जर्मनीले यही बुधबारदेखि लागू हुने गरी नेपालसहित बेलायत, रुस, पोर्चुगल र भारतबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिबन्ध हटाएसँगै अब नेपालसहितका मुलुकबाट कोरोना भाइरसको खोपको पूरा मात्रा लगाएर जर्मनी पुगेर क्वारेन्टिनमा पनि बस्नुपर्ने छैन ।
यद्यपि खोप नलगाएका व्यक्तिहरुभने भने १० दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । यदि पाँचौं दिनमा कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएमा भने क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था रहेको छ ।
डेल्टा र डेल्टा प्लस भेरियन्ट नेपालसहितका पाँच मुलुकमा देखिएपछि जर्मनीले आफ्नो देशमा यी देशका नागरिकलाई प्रवेश गर्न रोक लगाएको थियो ।
यसअघि जर्मनीले जर्मन नागरिकलाई भने स्वदेश फर्किन छुट दिएर १४ दिनको क्वारेन्टिन अनिवार्य गरिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE