Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

स्वास्थ्य सामाग्री खरिदमा घोटाला ओम्नी सरकारको कालोसूचीमा

२९ भाद्र
काठमाडौं – कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा घोटला गरेको आरोप लागेको अनियमितमा संलग्न भएको आरोप लागेको ओम्नी बिजनेस कर्पोरेशन इन्टरनेसनललाई सरकारले कालोसूचीमा राखेको छ ।

स्वास्थ्य सेवा विभाग, टेकुले सोमबार सार्वजनिक सूचना जारी गर्दै एक वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो ।

विभागले ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री कबुल गरेबमोजिम समयमा ल्याउन नसकेको भन्दै ठेक्का रद्द गरेको थियो ।

विभागले गत चैत १९ गते ओम्नीसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द गरेर नेपाली सेनालाई जिम्मा दिएको थियो। तर सेनाबाट भएको खरिद डिल पनि विवादित भएपछि सेना आफै पछि हटेको थियो । सरकारबाट जिम्मा पाएको झन्डै दुई महिनापछि सेनाले बजार मूल्यभन्दा महंगोमा समान भित्राएपछि त्यसको मूल्य र गुणस्तरमाथि प्रश्न उठेको थियो ।

सेनामार्फत भएको सबा दुई अर्बको खरिद प्रक्रिया विवादित भएपछि सरकारले मेडिकल सामग्री खरिदका सबै काम स्वास्थ्य मन्त्रालयमार्फत गर्ने निर्णय गरिसकेको छ। कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले असार ५ गते यस्तो निर्णय गरेको हो ।  यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE