कालीगण्डकी डाइभर्सनसम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
कालीगण्डकी डाइभर्सनसम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
२३ असार, काठमाडौं– कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उक्त मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गर्दै संघीय र लुम्बिनी प्रदेश सरकारलाई साउन ४ गते छलफलका लागि बोलाएको छ ।
इजलासबाट जारी आदेशमा आदेशमा डाइभर्सनसम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजातसहित छलफलका लागि उपस्थित हुन भनिएको छ ।
कालीगण्डकी नदी डाइभर्सन गरी लुम्बिनी प्रदेशमा लैजाने सरकारको निर्णयको विरोध भइरहेको छ ।
अधिवक्ता तुलसीराम पोखरेल लगायतले उक्त विषयमा सर्वोच्चमा रिट दायर गरेका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE