काठमाडौंको मुख्य नाका नागढुंगाबाट हटाइए सबै प्रहरी

२१ आश्विन,काठमाडौँ- नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षकसहित सबै जना प्रहरीलाई हटाइएको छ। चाडवाडको मुखमा कार्यसम्पादन लगायत कामकारबाहीलाई लिएर प्रहरी निरीक्षक त्रिभुवन थापासहित सबै जना प्रहरी कर्मचारीलाई कामबाट हटाइएको हो
कार्यालयले बुधबारदेखि लागू हुने गरी नागढुंगा प्रभागको सबै टोली फिर्ता गरेर नयाँ टोली पठाइएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो।
चाडवाडको समयमा सुरक्षा प्रबन्ध मिलाउन र आन्तरिक गुनासो सम्बोधन गर्नको लागि पुरानो टोली फिर्ता गराइएको हो, उहाँले भन्नुभयो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उक्त प्रभागमा कायम भएको दरबन्दी अनुसार नयाँ प्रहरी निरीक्षकसहित टोली खटाइएको छ।
प्रहरीले आन्तरिक गुनासो सम्बोधन, चाडवाडको समयमा आइरहेको गुनासो र प्रहरी आन्तरिक शुद्धीकरणको लागि नागढुंगाको टोली परिवर्तन गरिएको सुवेदीले जानकारी दिनुभयो। नागढुंगा प्रभागमा करिब ३२ जनाको दरबन्दी छ। नागढुंगा काठमाडौं प्रवेश गर्ने मुख्य नाका हो।


RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE