नेपाली कांग्रेसले बनायो छाया सरकार
बाग्मती – सरकारले गरेको काम तथा कार्बाहीहरुको निगरानी बढाउनको लागि नेपाली कांग्रेसले छाया सरकार बनाएको छ । प्रमुख विपक्षी दल समेत रहेको कांगेस सरकारको काम तथा कार्बाही देखी रुष्ट रहदेँ आएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ क अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति सोमबार बनाएका हुन् ।
छाया सरकारको जिम्मेवारी पाउनेमा सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा, शहरी विकासमा उमाकान्त चौधरी, उर्जा तथा जलस्रोतमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रका लागि नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडु संयोजक तोकिएका छन् ।
भने खेलकुदमा किशोर सिंह राठौर, उद्योग तथा वाणिज्यमा मीन विश्वकर्मा, शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल ताकिएका छन् ।
श्रम तथा रोजगारमा डिला संग्रौला, भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE