Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

नेविसंघ गर्भिलो इतिहास र अलमलिएको वर्तमान : रत्नहरी ढुङ्गेल

आखिर किन बनाइन्छ एस्तो ऐतिहासिक संस्थालाई नेतृत्वबिहिन ?

बागमती – सन् १९६० को दशकमा युरोपको विद्यार्थी आन्दोलनले संसारमा नयाँ तरङ्ग सृजना गरेको थियो । विश्वभरका संचारमाध्यमहरुको प्रमुख खबर त्यहाका राजनेताको हैन विद्यार्थी नेताहरुको वक्तव्यका बारेमा हुने गर्दथ्यो । यो घटनाबाट प्रभावित जननायक बिपि कोइरालाले नेपालमा पनि त्यस्तै विद्यार्थी संगठनको परिकल्पना गर्नुभयो, जसको साकार रुप भन्नुपर्छ २०२७ बैशाख ६ गते स्वयम्भुको सतलमा देखिएको सन्त नेता कृष्णप्रसाद भट्टराईको करकमलबाहुबाट उद्घाटित नेपाल विद्यार्थी संघ ।

पन्चायती निषेधाज्ञा तोड्दै सत्तलमा क्रान्तिको प्रतिमुर्तिका रुपमा जोसिला युवा विद्यार्थीहरु भेला भएका थिए । तिनै मध्येका विपिन कोइराला संघको संस्थापक अध्यक्ष बने । दोश्रो अध्यक्ष बन्न सफल शेर बहादुर देउवा अहिले मात्री पार्टी नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । बिपि, कृष्णप्रसाद र गणेशमान सिंहको भरोसायोग्य तत्कालीन विद्यार्थी नेता देउवा पार्टी सभापति भएकै बखत आइपुग्यो २०७६ बैशाख ६ अर्थात नेपाल विद्यार्थी संघको ९५० औं स्थापना दिवस० स्वर्ण जयन्ती । हो यहि स्वर्ण उत्सव मनाउँदै गर्दा नेपाल विद्यार्थी संघ नेतृत्व बिहिन अवस्थामा छ । जुन नेविसंघमा आस्थावान सबैका लागी दुखद् छ ।

संघलाई नेतृत्वविहिन बनाइएको यो पहिलोपटक भने हैन । आखिर किन बनाइन्छ एस्तो ऐतिहासिक संस्थालाई नेतृत्वबिहिन ? बाहिरको त कुरै छाडौं आफ्नै पार्टी्भित्रबाट पनि बारबार निस्तेज बनाउने प्रयास गरिएको छ नेविसंघलाई । भनिन्छ व्यक्तिमा उमेर थपिदै गएपछि बुढो भएर कुप्रीन्छ तर संघ संस्थाले उमेर खाँदै गएपछि जवान भएर उभिन्छ ।

आज नेविसंघ जवान भएर उभिएको छ तर जवान संघका सामुन्न विकृती र विसंगतिका ठुला ठुला पर्खालहरु चुनौती दिदै उभिएका छन् ।  संघको पृष्ठपोषणबाट धेरै नेताहरू पार्टी राजनीति हुँदै सत्तासिन भए , देशका मन्त्री प्रधानमन्त्री भए । अपितु खोला तर्यो लौरो बिर्सियो झैँ भयो निस्चय नै नेविसंघ धेरैको भर्र्याङ् बन्यो तर उनिहरुले आफुलाई माथितिर उकाल्ने सारथी भुले र अलमलिय अन्त कतै जहाँ व्यक्तिको स्वार्थमात्र भेटिन्छ संस्थाको हित हैन ।

अहिले नेपाली कांग्रेसको निर्णायक तहमा तिनै नेताहरु छन् जो हिजो नेविसंघको नेतृत्वतहमा थिए ।  तर उनिहरुले न विद्यार्थीकालमा न आज नै संघभित्र आन्तरिक लोकतन्त्रको प्रत्याभूत दिलाउन सकेका छन् । नेविसंघ नयाँ पुस्तालाई सैद्धान्तिक र ब्यबहारिक हिसाबले लोकतन्त्र अभ्यास गर्न सिकाउने महाविद्यालय हो । संघभित्र धेरै आकर्षक पक्षहरू छन् यद्यपि आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न कहिल्यै नसकेको एउटै  कारणले सबै खालका आकर्षणहरु निस्तेज भएका छन् । संघको आगामी दिनको ठुलो चुनौती पनि यहि हो ।

विश्वविद्यालयबाट दिक्षा लिदै गरेको विद्यार्थीले संघबाट लोकतन्त्रको दिक्षा लिइसकेको हुनुपर्दछ अनिमात्र त्यो युवाले देशलाई लोकतान्त्रिक संस्कार चरित्र र नैतिक तागत प्रदान गर्न सक्दछ । यसरी  शिक्षित दिक्षित प्रशिक्षित कार्यकर्ता स्वयं संघभित्र त लाखौं हुनुपर्छ अनि माथी उठ्छ कांग्रेस । सायद यसैको अभावमा होला गत निर्वाचनमा कांग्रेसले महंगो मुल्य चुकाएको छ । सायद पार्टी नेतृत्वलाई यस्तो आभास छैन होला ।

बिभित हेर्दा नेविसंघको वैचारिक एवं सांगठनिक सशक्तताका धेरै दृष्ठान्त इतिहासमा स्वर्णिम अक्षरले अंकित छन् । हामीले इतिहास रट्ने हैन हामी त इतिहास रच्न जन्मिएका हौंू भन्दै आफ्नै हातका औंला काटेर रगतले हस्ताक्षर गरि संघको सदस्यता लिएका संस्थापक उपाध्यक्ष राम उपाध्याय ०३१ सलमा टिमुरबोटे काण्डमा शहीद हुनुभयो । उपाध्याय देखी ०६२र६३ को गणतान्त्रिक आन्दोलनमा साहदत प्राप्त संघका नेता राजन गिरि सम्मको वलिदानिको शृङ्खलाले संघको झण्डा नै क्रान्तिविरहरुको रगतले लतपतिएको आभास हुन्छ ।

संघका नेताहरुले श्रीपेच हामी जलाउँछौं देश हामी चलाउँछौं भनेर राजदरबार अगाडि नारा घन्काउँदै गर्दा अहिलेका प्रधानमन्त्री केपि शर्मा ओलि बयलगाडा चडेर अमेरिका पुगिन्न भन्ने अभिव्यक्तिमा मस्त थिए । बरिस्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री पदका लागी राजाको पाउमा दाम चडाएर लम्पसार पर्दै थिए भने तत्कालीन बिद्रोहि नेकपा माओवादी दुर दराजका पहाडहरुमा बमबारुद पड्काउँदै थिए ।

हो यहि समय नेविसंघका नेता कुन्दन राज काफ्ले पशुपति क्याम्पसमा राजालाई कुकुर अभिनन्दन गर्दै अबको सान्दर्भिकता राजतन्त्र कि गणतन्त्र भनेर नमुना मतदानको नेतृत्व लिरहेका थिए भने संघका तत्कालीन उपाध्यक्ष प्रदीप पौडेल पाठ्यपुस्तकबाट राजारानीको तस्बिर च्यातेर शिक्षालाई मध्ययुगीन सामन्तवादको दासहरु उत्पादन गर्ने  नोकरशाही परिपाटी अन्त्यको नेतृत्व गर्दै थिए यहि क्रममै शाही सरकारले पौडेललाई निर्मम कुटपिट गर्दै गिरफ्तार गरि मुद्दा पनि चलायो । यसरी राजतन्त्र समाप्त गरि लोकतान्त्रिक गणतन्त्र स्थापनको स्पष्ट दृष्टिकोण र अपार शक्तिका साथ नेविसंघ अगाडी बढ्यो ।

नेविसंघको यो विचार शक्तिसँग अत्तलिएर शाही सरकारले त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरको कार्यक्रममा गएका संघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे र महामन्त्री गगन कुमार थापालाई गिरफ्तार गरि राजा विरुद्ध नारा लगाएको अभियोगमा राजद्रोहको मुद्दा चलायो । अहिले देश राजतन्त्रमा छैन तिनै कलिला युवा विद्यार्थीले देखाएको बाटोमा हिँडिरहेको छ । के यो कुनै मामुली कुरा हो रु त्यसैले विगतको यो गौरव गरिमा जोगाउदै आफु परिष्कृत र परिमार्जित हुँदै संघ र यसका सदस्य अगाडि नबढ्ने हो भने नयाँ पुस्ताले धिकार्नेछन ।

अब आजको सन्दर्भ हेर्ने हो भने संसार कहाँ पुगिसक्यो, हामि कहाँ अल्झिएका छौँ बाह्र विश्वका युवा विद्यार्थीहरुले अन्तरीक्षमा बस्ती बसाउने योजना बनाउँदै गर्दा हामी नेविसंघको नेतृत्व कस्ले लिन्छ होला ? अब अधिबेशन हुन्छ कि हुन्न होला भन्ने जस्ता प्रश्नमा अल्झेर बसेका छौँ । युग धेरै अगाडि पुगिसकेको छ । हामिले समय भन्दा अगाडी यात्रा गर्न नसकेपनि समयसँगै त गर्नैपर्दछ ।

जसरी अमेरिकी नागरिकलाई कसैले तिम्रो देशमा अबको ५० वर्षपछि राष्ट्रपति निर्वाचन कुन दिन हुन्छ भन्दा सहजै जवाफ दिन्छ त्यसैगरी हामीले नि हाम्रो देश, कांग्रेस र नेविसंघका बारेमा पनि कसैले प्रश्न सोध्दै गर्दा प्रष्ट जवाफ दिन सक्ने बनाउनुपर्छ ।  जागरण र चेतनाको बिहानीमा  सृजनाको वास्नादार फुल फुलाउन ढिला भैसकेको छ  । अबको युवा पुस्ताले विधी  विधान , सिद्धान्त र आदर्श अनुरुपको व्यबहार र कर्मद्दारा नयाँ इतिहास रच्ने दिशातिर  ध्यान नदिने हो भने समयले कसैलाई पर्खने छैन । ठुला ठुला साम्राज्य र बादशाह ढालेको समयले हामीलाई बाँकी राख्ला ?

WRITE COMMENTS FOR THIS ARTICLE