Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

आन्तरिक मूल्याङ्कनमार्फत एसईई परीक्षा गर्न सरकारलाई शिक्षा मन्त्रालयको प्रस्ताव

आन्तरिक मूल्याङ्कनमार्फत एसईई परीक्षा गर्न सरकारलाई शिक्षा मन्त्रालयको प्रस्ताव

१७ जेठ, काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिअनुसार नै गराउने शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।

मन्त्रालयले गत वर्षकै मोडालिटीमा एसईई परीक्षा सञ्चालन गर्ने गरी प्रस्ताव पठाएको जनाएको छ । गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी परीक्षाको नतिजा सार्वजनिक गर्न तीन सदस्यीय मूल्यांकन समिति गठन गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE