Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नयाँ बर्षमा रु एक सयमा डिलक्स रुम

बागलुङ-अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रिने पर्यटकले एक सय रूपैयाँमै  सुविधायुक्त होटलको कोठा पाउने भएका छन् । पर्यटकहरुको आकर्षणका लागि होटल व्यवसायीहरुले नयाँ बर्ष छुट योजना ल्याएका हुन् ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार राष्ट्रिय तथा ख्याति प्राप्त कलाकार हरुको प्रस्तुतिको साथ साङ्गीतिक साँझको आयोजना गर्दैछ । उक्त कार्यक्रमलाई लक्षित गरेर बागलुङका १० होटल व्यवसायीले समिति संगको सहकार्यमा  सोमबार एक दिनलाई छुटमा कोठा दिने भएका हुन् । यहाँका सुबिधा सम्पन्न होलटहरु रेड एप्पल, पिस प्यालेस, दि राजन, समिट, हिल भ्यु, आरति, न्यु एरा गृह लक्ष्मि,  लगायत होटलमा छुटको व्यवस्था गरिएको छ । खाना, नास्तामा भने चल्तीकै दर कायम गरिने छ ।

समितिले एक पत्रकार सम्मेलन गरि छुट योजना सार्वजानिक गरेको हो ।  कार्यक्रममा बोल्दै बागलुङ होटल व्यवसायी समितिका अध्यक्ष राजु खडकाले भने “थुप्रै मानिस नयाँ वर्ष मनाउन बाहिर जान्छन र बागलुङ पर्यटकीय गन्तव्य भए पनि यहाँ कमै मात्र पर्यटक आउछन, हाम्रा यो प्रयासले जिल्लामै आन्तरिक र वाह्य पर्यटक रमाउने वातावरण सिर्जना गर्नु हो” । समितिले जिल्लाको पर्यटन प्रवर्द्र्धनका लागि बागलुङमा  विभिन्न गतिविधि गर्दै आएकोछ । सरकारले हालैमात्र कालिका भगवती मन्दिर, ढोरपाटन, भकुण्डे, भैरवस्थान र गाजाको दहलाई पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेपछि यस क्षेत्रमा थप आशा जागेको नागरीक अभियान्ता सिताराम थापाले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE