Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

प्रधानमन्त्री ओली र नेता नेपालबीच आजपनि छलफल हुने

२ जेठ, काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ । एमाले विवाद समाधानका लागि २०७५ जेठ २ गते फर्कनुपर्ने नेता नेपालको शर्त समाधानका लागि आज फेरी छलफल हुन लागेको हो ।


सिंहदरबारमा शुक्रबार दुई पक्षबीच भएको वार्तामा जेठ २ को अवस्थामा गएर समाधान निकाल्ने सहमति भएको छ । यसै समस्या समाधानका लागि आज प्रधानमन्त्री ओली र नेता नेपालबीच एक्ला–एक्लै छलफल हुन लागेको हो । आज हुने छलफलले पार्टीलार्ई जेठ २ को विन्दूमा फर्काउनका लागि कार्यदल बनाउने विषयमा केद्रित रहने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । यसअघि वैशाख ३० गते भएको छलफलमा नै जेठ २ को विन्दूमा फर्काउन कार्यदल बनाउने सहमति भएको थियो ।


शुक्रबार भएको छलफलमा पूर्वमाओवादी पक्षका रामबहादुर थार्पा बादल’ सहभागि भएपछि नेपाल पक्ष सशंकित भएको छ । एमाले स्थायी कमिटिको वरिष्ठताक्रममा ‘बादल’ नै अगाडि रहेकाले कार्यदलमा उनी रहने सम्भावना प्रबल छ ।


उक्त कार्यदलमा ‘बादल’ रहे नेपाल पक्षले फागुन २८ का निर्णय शिरोपर गरेको अर्थ लाग्न सक्ने भएकाले त्यसमा नजान नेपाल पक्षमाथि दबाब छ ।

WRITE COMMENTS FOR THIS ARTICLE