हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपताको सम्भावना
२९ कार्तिक, काठमाडौं – आज देशका हिमाली र उच्च पहाडी भू(भागहरुमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलीसँगै सो क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै बाँकी भूभागमा भने मौसम सामान्य रहने बताइएको छ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी ३ दिन वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन मौसम विभागले सबैमा अनुरोध गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE