महन्थ ठाकुरको लोसपा पनि सरकारमा सहभागी हुने,कतिवटा मन्त्रालय पायो ?
१९ आश्विन,काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको लोसपाले सरकारमा नजाने बताउँदै आएको थियो । तर, पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुसँगको छलफलमा सरकारमा सहभागी हुन गरेको आग्रहअनुसार लोसपा पनि सरकारमा जाने भएको छ ।
आज विहान बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाको सहमति भएको छ । नयाँ सहमतिअनुसार कांग्रेसले ६, माओवादी केन्द्रले ५, नेकपा ९एकीकृत समाजवादी० र जसपाले ४र४ वटा मन्त्रालय लिने सहमति छ ।
यसअघि नेकपा (एकीकृत समाजवादी) र जसपाले पनि ५र५ वटा मन्त्रालय पाउने चर्चा थियो । तर, प्रधानमन्त्री देउवाले माधव नेपाल र उपेन्द्र यादवको पार्टीलाई एकरएक मन्त्रालय कम गरेर लोसपालाई दुई मन्त्रालय दिने तयारी गरेका हुन् । लोसपाबाट शरदसिंह भण्डारीपनि मन्त्री बन्ने चर्चा छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE