एनसीसी बैंकले ११ प्रतिशत लाभांश वितरणको घोषणा

३ मंसिर, काठमाडौँ-नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकको २५औं वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारणसभाले ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंसिर २ गते शुक्रवार आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न साधारण सभामा प्रस्ताव गरिएको लाभांस वितरण सभाले पारित गरेको छ । प्रतावमा ३ दशमलब ३६ प्रतिशत बोनस शेयर र ७ दशमलब ६३ प्रतिशत नगद लाभांस (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत रहेको छ । लाभांश वितरणको प्रस्तावसहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका छन् ।
सभाबाट पारित ३ दशमलब ३६ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्तापूँजी ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँ पुग्नेछ ।
आर्थिक वर्ष २०७८–७९ मा बैंकको निक्षेप परिचालन २७ शलमलब ७१ प्रतिशतले वृद्धि भई १ सय ४१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी बैंकले १ सय २४ अर्ब ८७ करोड रुपैयाँ खुद कर्जा प्रवाह गरी २७ दशमलब ०१ प्रतिशतको वृद्धि हासिल गरेको छ ।
हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १ सय ५६ शाखा, १ सय ४४ एटिएम र १५ एक्टेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE