बार्सिलोना समूह विजेता बन्दै अर्को चरणमा
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिगमा समूह बी को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ। बिहीबार बिहान भएका खेलामा स्पेपिनस क्लब बार्सिलोनाले नेदरल्याण्ड्सको क्लब पीएसभी आइनहोभेनलाइ २–१ गोलले पराजित गर्दै बार्सिलोना समूह बीको विजेता बनेको हो। पहिलो हाफमा बार्सिलोनाले बढी पोसेसन कायम गरेको भए पनि दोस्रो हाफमा बार्सिलोना सम्हालिएर फर्किएको थियो। खेलको ६१ औं मिनेटमा बार्सिलोनाका लागि कप्तान लियोनल मेसीले गोल गरे। ओस्माने डेम्बेलेको पासमा पीएसभीका डिफेन्डहरूबीच रहेका मेसीले उत्कृष्ट गोल गरेर टोलीलाई अग्रता दिलाए। त्यस्तै ७० औं मिनेटमा पाएको फ्रि किकलाई मेसीले प्रहार गरे।
मेसीको प्रहारमा टच गर्दै डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै अग्रता दोब्बर पारे। तर, खेलको ८३ औं मिनेटमा घरेलु टिमको लागि लुक डी जोङले गोल गरे। उनले एन्जेलिनोको पासमा गोल गरेका हुन्। त्यसपछिको समयमा दुवै पक्षबाट थप गोल हुन सकेन र खेल २–१ गोलले बार्सिलोनाले जित्यो । जितसँगै च्याम्पियन्स लिगको समूह बीमा रहेको बार्सिलोनाले ५ खेलबाट १३ अंक जोडेको छ। त्यस्तै गएराति नै भएका अन्य खेलमा एथलेटिको मड्रिडले मोनाकोलाई २–० गोल अन्तरले हरायो । त्यस्तै लिभरपुलले पीएसजीलाई २–१ ले हराउँदा टोटनह्यामले इन्टरमिलानलाई १–० ले पराजित गर्यो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE